कांग्रेस पदाधिकारी र पुर्व पदाधिकारीको बैठक जारी
काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ। नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उम्मेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सुचीलगायतका विषयमा सम्वोधन गर्नका लागि बैठक बसेको हो ।
संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्वोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबिच रस्साकस्सी चलिरहेको छ।
संस्थापन पक्षले भने कोइराला समुहले बुझाएको सुचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्द सुची बुझाएको दावी गर्दैै सहमतिमा आउन आग्रह गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment