अर्घाखाँचीमा गठबन्धन र एमालेबाट पुरानै अनुहार

डिसी नेपाल
१७ असोज २०७९ ७:१२

अर्घाखाँची। आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा अर्घाखाँचीमा नेकपा एमाले र सत्तागठवन्धनबाट पुरानै अनुहार दोहोरिने निश्चित जस्तै देखिएको छ।

प्रतिनिधि सभामा एमालेले केन्द्रीय सचिव टोप बहादुर रायमाझीको नाम सर्वसम्मत सिफारिस गर्दा नेपाली कांग्रेसले कांग्रेस नेतृ पुष्पा भुसालसहितको नाम पठाएको छ। सभापति देउवा निकट मानिएकी भुसाल पार्टीभित्रको गुट समिकरणका कारण उम्मेदवार बन्नबाट रोकिएको अवस्थामा बाहेक सामान्य अवस्थामा भुसाल बाहेक अरुले उम्मेदवारी पाउने संभावना नरहेको कांग्रेस स्रोतले जनाएको छ।

गठवन्धनमा रहेका दलहरुबीच अर्घाखाँची लेपाली कांग्रेसले लिने सहमति भएका सिमाचार ववरण बाहिर आइसकेको अवस्थामा यो पटक अर्घाखाँचीमा पुरानै उम्मेदवार मैदानमा देखिने भएका छन्। यद्यपी स्वतन्त्र उम्मेदवार को आउने हो भन्ने चर्चाको विषय बनेको छ।

दुवैलाई स्वतन्त्रको डर

कांग्रेस नेतृ पुष्पा भुसाल चुनावको बेला बाहेक विरलै अर्घाखाँचीमा देखिने नेतृ हुन्। अर्घाखाँची आउदै नआएको आरोप लाग्ने गरेकी भुसालले चुनावको मिति नजिकिएसँगै अर्घाखाँचीमा सक्रियता बढाएकी छन्। केही दिनअघि अर्घामा कम्वल बाँड्न पुगेकी भुसालको सामाजिक सन्जालमा आलोचना समेत भएको थियो।

यता एमालेबाट सर्वसम्मत सिफारिस भएका रायमाझी माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका हुन्। प्रायजसो अर्घाखाँचीमा देखिने रायमाझीलाई पदको लोभमा पार्टी परिवर्तन गर्ने गरेको आरोप छ।

दुवैजना पुराना अनुहारको विचमा स्वतन्त्र उम्मेदवार को आउछ भन्ने विषयले समेत निर्वाचनको परिणाममा प्रभाव पार्ने अड्कालवाजीहरु भएका छन्। सामाजिक सन्जालहरुमा केही चर्चा परिचर्चा हुनेगरेको भएपनि अर्घाखाँचीमा हालसम्म कुनैपनि व्यक्तिले स्वतन्त्र उम्मेदवारी घोषणा भने गरिसकेका छैनन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *