अल जवाहिरी मारिएपछि पहिलोपटक अमेरिका-तालिबान उच्चस्तरीय बैठक, अमेरिकी टोली दोहामा
काठमाडौं । शीर्ष अमेरिकी अधिकारीहरूले तालिवान सरकारी अधिकारीहरूसँग भेट गरेका छन्। जुलाईमा अल–कायदा नेता अयमान अल–जवाहिरीको मृत्युपछि अमेरिकी प्रतिनिधिमण्डल पहिलो पटक दोहा पुगेकाले यो बैठकले महत्व राखेको छ ।
यस बैठकको जानकारी दिँदै एक अधिकारीले भने- सीआईएका उपनिर्देशक र अफगानिस्तान मामिलासँग सम्बन्धित राज्य विभागका उच्च अधिकारीले दोहामा अल-जवाहिरीको मृत्युपछि पहिलो पटक तालिवान प्रतिनिधिमण्डलसँग आमनेसामने भेट गरेका छन्। यस क्रममा तालिबान गुप्तचर प्रमुख अब्दुल हक वासिक पनि उपस्थित थिए।
अल जवाहिरीको मृत्युपछि दुई देशबीच धेरै वार्ता भएको थियो । हालै अमेरिकाले अमेरिकी मरीन मार्क फ्रेरिचलाई रिहा गर्न अफगानिस्तानको तालिबान सरकारसँग वार्ता गरेको थियो । फ्रेरिचलाई तालिवानसँग आबद्ध हक्कानी नेटवर्कले अपहरण गरेको थियो। सीएनएनको रिपोर्टका अनुसार सीआईएका उपनिर्देशक डेभिड कोहेन र तालिबानका अब्दुल हक वासिकबीचको बैठकमा आतंकवादको मुद्दामा केन्द्रित थियो।
न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसार अल-जवाहिरीको ड्रोन हमलामा मृत्यु भएको थियो। यो हमला अमेरिकी गुप्तचर एजेन्सी सीआईएको विशेष टोलीले गरेको हो । जवाहिरीमाथि आक्रमण अगस्ट १ अर्थात् आइतबार बिहान अफगानिस्तानको समय अनुसार बिहान ६.१८ बजे गरिएको थियो । त्यतिबेला अमेरिकामा शनिबार राति ९.४८ बजेको थियो । काबुलमा विगत ६ महिनादेखि अमेरिकी एजेन्सीहरूले उनलाई लगातार पछ्याइरहेको एक अमेरिकी अधिकारीले बताएका थिए ।







डिसी नेपाल







Facebook Comment