विद्युत महसुल संकलन काउन्टर कात्तिक १ गतेदेखि शनिबार बन्द हुने

डिसी नेपाल
२४ असोज २०७९ ९:१२
108
Shares

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर कार्तिक १ गतेबाट शनिबार नखोल्ने भएको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले एक सूचना जारी गर्दै कात्तिक १ गतेदेखि शनिबार सञ्चालन हुँदै आएको विद्युत महसुल संकलन काउन्टर बन्द हुने जानकारी गराएको हो।

भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो। तर अहिले विद्युत उपभोक्ताले विद्युत सेवा उपभोग गरेबापत भुक्तानी गर्नुपर्ने महसुल प्राधिकरणका नियमित काउन्टरका अतिरिक्त हाल विभिन्न सेवा प्रदायक कम्पनीहरुमार्फत पनि हरेक दिन बिहान १० बजदेखि राति १२ बजेसम्म अनलाइन पेमेन्ट माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

यस कारणले शनिबार पनि काउन्टर खोलिराख्न आवश्यक नदेखिएको हुनाले आउँदो कार्तिक १ गतेदेखि बन्द गर्ने निर्णय गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *