युक्रेनी अर्थतन्त्रमा ३० प्रतिशतले संकुचन

डिसी नेपाल
२४ असोज २०७९ ९:३८
100
Shares

किभ। युक्रेनको अर्थतन्त्र २०२२ को पहिलो तीन त्रैमासिकमा २०२१ को सोही अवधिको तुलनामा करिब ३० प्रतिशतले संकुचित भएको छ। रुसी हमलाका कारण युक्रेनी जनजीवन अस्तव्यत भइरहेका बेला त्यहाँको अर्थतन्त्रमा पनि संकुचन आइरहेको युक्रेनी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सेप्टेम्बरमा खराब मौसमले उब्जनीमा सुस्त बनाएको, जापोरिज्जिया आणविक उर्जा केन्द्रबाट बिजुली आपूर्तिमा अवरोध आएको विज्ञप्तिमा उल्लेख छ । युक्रेन र रुसले एकअर्कालाई उर्जा केन्द्रमा गोलाबारी गरेको आरोप लगाउँदै आएका छन्।

तर, निर्यातमा केही सुधार आएको छ। सेप्टेम्बरमा निर्यात २३ प्रतिशतले बढेको छ, जुन फेब्रुवरीमा युद्ध सुरु भएदेखिको उच्चतम स्तरमा पुगेको बताइएको छ। ‘सेप्टेम्बरमा सुधार भयो, तर दुश्मनले युक्रेनी भूभागमा गोलाबारी जारी राख्यो जसका कारण व्यापारिक भवन र लजिस्टिकमा दबाब सिर्जना गर्यो’, मन्त्रालयले भनेको छ।

‘उत्पादन सुविधा, पूर्वाधार र आवासीय भवनको थप विनाश साथै युद्ध कति लामो हुन्छ भन्ने अनिश्चितताले विकासमा बाधा पु¥याइरहेको छ र रिकभरी रोकिएको छ’, विज्ञप्तिमा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *