राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक ट्रफी, पोखराबाट सार्वजनिक

डिसी नेपाल
२४ असोज २०७९ ११:०७
100
Shares

पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छेकोमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि तयार गरिएको छ। उक्त ट्रफी पोखराबाट सार्वजनिक भएको छ।

विभिन्न प्रदेश घुमाएर ट्रफी आइतबार साँझ पोखरा ल्याइएको हो। गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको ट्रफी गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक गरेका छन्।

अब उक्त ट्रफी पोखराका विभिन्न सार्वजनिक ठाउँहरुमा राखेर प्रदर्शन गरिनेछ। खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेल पदाधिकारीहरु, विभिन्न पाहुना तथा सर्वासाधारणका लागि ट्रफी प्रदर्शन गरिएको हो। ट्रफीसहित खेल पदाधिकारी, विशिष्ट पाहुनाहरु सहित सवारीसाधनबाट नगर परिक्रमा गराइने कार्यक्रम छ।

पोखराको अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, नदिपुर, पथ्वीनारायण क्याम्पस गेट, गणेश हार्डवयर चोकभित्र बजार हुँदै बगर चोक, बागबजार चोक, जिरो किलोमिटर हुँदै हल्लनचोक र बाहारी चोकमा ट्रफी प्रदर्शन गरिनेछ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफिको निर्माण गरेको हो। करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफि बनाइएको राखेपले जनाएको छ । ट्रफीमा ५ केजी चाँदी र दुई तोला सुन छ। लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफुसँग राख्न पाउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *