इरानमा प्रदर्शनका क्रममा दुई सुरक्षाकर्मीको मृत्यु
काठमाडौं । इरानको सरकारी सञ्चारमाध्यमले देशमा जारी प्रदर्शनका क्रममा दुई सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएको छ ।
बसिज सङ्गठनको आधिकारिक वेबसाइटमा ‘दंगालुको गोली लागेर एकजना सुरक्षाकर्मीको मृत्यु’ भएको जानकारी दिइएको छ ।
शनिबारको प्रदर्शनका क्रममा इस्लामिक रिभोलुसन गार्ड कोरका एक सिपाहीको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ।
मिडिया रिपोर्टका अनुसार अहिलेसम्म आईआरजीसी, बसिज र प्रहरी बलका कम्तीमा २० जवानको मृत्यु भइसकेको छ।
इरानमा हिजाबको विरोधमा प्रदर्शन भइरहेको छ । महसा अमिनीको प्रहरी हिरासतमा सेप्टेम्बर १६ मा मृत्यु भएपछि आन्दोलन सुरु भएको हो । उनी यसअघि पनि तीन पटक पक्राउ परेकी थिइन् ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरूमा धेरै विद्यार्थी र छात्राहरू विरोध प्रदर्शनमा सहभागी भएको देखिन्छ। गत महिनादेखि प्रदर्शन सुरु भएको थियो, त्यसपछि धेरै प्रदर्शनकारीको मृत्यु भइसकेको छ।







डिसी नेपाल







Facebook Comment