युक्रेनको राजधानीमा एकपछि अर्को धेरै विष्फोट

डिसी नेपाल
२४ असोज २०७९ १२:५३
60
Shares

काठमाडौं । युक्रेनको राजधानी किभमा एकपछि अर्को धेरै विस्फोट भएका छन् । स्थानीय समय अनुसार विहान ८ बजे विष्फोट भएको थियो ।

कीभमा यी आक्रमण धेरै महिना पछि भयो। रुसलाई क्रिमियासँग जोड्ने एकमात्र पुलमा विस्फोट भएको दुई दिनपछि कीभमा यी श्रृंखलाबद्ध विस्फोटहरू सुनिएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुलमा भएको विष्फोटको लागि युक्रेनलाई दोष दिएका छन् । शनिबार भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।

सोमबार किभमा भएको मिसाइल आक्रमण यसैको प्रतिक्रिया हो भन्ने विश्वास गरिएको छ । कीभमा बीबीसी संवाददाता पल एडम्सले विस्फोट हुनुभन्दा ९० मिनेटअघि हवाई आक्रमणको साइरन बजेको बताए।

किभमा यसअघि पनि हमला भइसकेको छ तर यसपटक धेरै केन्द्रित भएको देखिन्छ । दिनिप्रो र जपोरिज्यामा पनि राती आक्रमण भएको छ।

बीबीसी संवाददाता ह्युगो बाचेगा युक्रेनबाट लाइभ रिपोर्टिङ गरिरहेका बेला ठूलो आवाज सुनियो। युक्रेनको राजधानी धेरै महिनापछि मिसाइलको प्रहार भएको छ ।

सामाजिक सञ्जालमा साझा गरिएका तस्विर र भिडियोहरूमा कीभका धेरै भवनहरूबाट धुवाँको मुस्लो उठेको देख्न सकिन्छ। भवन र कारहरू पनि आगोले जलेको देखियो।

सेन्ट्रल कीभमा भएको आक्रमणमा धेरै मानिसको मृत्यु भएको आशंका गरिएको छ । आपतकालीन सेवाहरूले अझै स्पष्ट तथ्याङ्क दिएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *