ककपिटमा १८ वर्षीय किशोरले गरे यस्तो गल्ती, विमान दुर्घटना
काठमाडौं । १८ वर्षीय किशोरलाई उड्ने तालिम दिने एक महिला प्रशिक्षकको मृत्यु भएको छ । वास्तवमा, ट्रेनिङ क्लासका क्रममा १८ वर्षीय किशोरले विमानको नोजलाई धेरै माथितिर घुमाएका थिए । जसका कारण विमान नियन्त्रण बाहिर गएर दुर्घटना भएको हो ।
यो घटना अमेरिकाको भर्जिनिया राज्यको हो । दुर्घटनामा परी मृत्यु भएकी २३ वर्षीया महिला पाइलटको नाम भिक्टोरिया थेरेसे इसाबेल लजङम्यान हो । उनी मूलतः स्वीडेनकी थिइन् । भर्जिनियाको ह्याम्पटन युनिभर्सिटीमा अध्ययन गरेपछि उनी उडान प्रशिक्षक भइन्।
डब्लुएमएआरको एक रिपोर्ट अनुसार, महिला पाइलट १८ वर्षीया ओलुवागबोहुंमी अयोमाइड ओयबोडसंग अक्टोबर ६ मा दिउँसो ३ बजे प्रशिक्षणको लागि गएकी थिइन् । यसै क्रममा दुर्घटना भएको हो ।
उडान टेकअफको समयमा, ओयबोडले विमानको नोज धेरै माथितिर घुमाएका थिए। जसका कारण १०० फिटको उचाइमा पुगेपछि मात्रै उडान नियन्त्रण बाहिर गएर खाल्डोमा खसेको थियो ।
कमर्सियल पाइलट लजङम्यानलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो । विमानमा लजङम्यान बाहेक १८ वर्षका दुई युवा सवार थिए । उक्त दुर्घटनामा दुवैजना गम्भीर घाइते भएका छन् । दुवैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
फ्लाइट इन्स्ट्रक्टर लजङम्यानले आफ्नो यात्रासँग सम्बन्धित फोटो र भिडियो इन्स्टाग्राममा सेयर गर्ने गर्दथिन्। डेली प्रेसको रिपोर्टमा भनिएको छ कि लजङम्यानले यसै वर्ष अप्रिलमा प्रशिक्षकको लाइसेन्स पाएकी थिइन् । यसअघि सन् २०२१ को मार्चमा उनले व्यावसायिक लाइसेन्स पाएकी थिइन् ।
दुर्घटनाको बारेमा ह्याम्पटन विश्वविद्यालयले एक विज्ञप्ति पनि जारी गरेको छ। भनिएको छ- विश्वविद्यालयले आफ्ना दुई विद्यार्थीलाई भएको दुर्भाग्यपूर्ण दुर्घटनाको जानकारी पाएको छ । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । यहाँ विमान दुर्घटनाका सम्बन्धमा अधिकारीहरुको अनुसन्धान भइरहेको छ ।







डिसी नेपाल







Facebook Comment