सत्यमोहन जोशीको अवस्थामा सुधार भएन

डिसी नेपाल
२४ असोज २०७९ २०:२४
40
Shares

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ । मुटुको चालसम्बन्धी समस्या देखापरेकाले सो नियन्त्रणका लागि सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *