मलेसियाका प्रधानमन्त्रीद्वारा संसद विघटन
क्वालालमपुर।मलेसियाका प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटनको घोषणा गरेका छन्। उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्।
उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ। तर निर्वाचनकै मिति भने तय भइसकेको छैन। सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ।
टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिईसकेको पनि जानकारी दिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment