ताइवानी स्वतन्त्रता विक्रीका लागि होइनः राष्ट्रपति वेन
ताइपेय। ताइवानकी राष्ट्रपति साई इङ–वेनले आफ्नो राष्ट्रिय भाषणमा चीनलाई रुस–युक्रेन द्वन्द्वसँग तुलना गर्दैै ताइवानले आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीलाई कहिल्यै नछोड्ने चेतावनी दिएकी छिन्।
हालै, विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्कले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा ताइवान र चीनबीचको समस्या कसरी समाधान गर्ने भन्ने बारेमा आफ्नो विचार सेयर गरेका थिए। उनले भनेका थिए, ‘मेरो सिफारिस … ताइवानको लागि एक विशेष प्रशासनिक क्षेत्र पत्ता लगाउने हो। सम्भवतः यसले सबैलाई खुसी बनाउँदैन।’
मस्कको सुझावलाई अमेरिकाका लागि चिनियाँ राजदूत किन ग्याङले प्रशंसा गरेका थिए र उनलाई धन्यवाद दिएका थिए। तर, वाशिंगटनका लागि ताइवानका राजदूत हसियाओ बिखिमले यसको कडा आलोचना गरिन। उनले ट्वीट गरेकी छिन्, ‘हाम्रो भविष्यको लागि कुनै पनि दिगो प्रस्ताव शान्तिपूर्ण रूपमा जबरजस्तीबाट मुक्त र ताइवानका जनताको लोकतान्त्रिक इच्छाको सम्मान गर्नुपर्दछ। ’ उनले ताइवानको लोकतन्त्र र स्वतन्त्रता बिक्रीको लागि नभएकोसमेत बताएकी छिन्।
चीन र ताइवानबीचको द्वन्द्व दिन प्रतिदिन चर्किएको छ। केही महिनाअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि दुई देशबीचको तनाव चर्किएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment