वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

डिसी नेपाल
२५ असोज २०७९ १६:२४
36
Shares

काठमाडौं । १८ दिनदेखि उपचाररत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । किष्ट शिक्षण अस्पतालले जारी गरेको उनको नियमित स्वास्थ्य अवस्था जानकारी अनुसार मंगलबार मुटुको चालसम्बन्धी समस्यामा सामान्य सुधार देखिएको छ ।

यस्तै, उनलाई छातीको निमोनियाको उपचारका लागि एन्टी बायोटिक पनि दिइरहेको अस्पतालले जनाएको छ । उनको अवस्था अझै पनि सामान्य भइनसकेका कारण अझै केही समय सघन कक्षमै राखेर उपचार गर्नु पर्ने अस्पतालको भनाइ छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *