११ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

डिसी नेपाल
२५ असोज २०७९ १९:५५
152
Shares

भक्तपुर । भक्तपुरमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रातको समयमा ११ वर्षीया बालिका सुतिरहेको अवस्थामा कोठामा गएर बलात्कार गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भई हाल काठमाडौ बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आरोपी सुनारलाई म‌गलबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार सुनारलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका २ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी बालिकालाई निजकै डेराकोठामा गई जबरजस्ती करणी गरेको कसुरमा सुनारलाई पक्राउ गरिएको उनले जानकारी दिए । सुनारलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकृत पाण्डेले जानकारी दिए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *