‘प्रहरीको हाकिम हुँ’ भन्दै ब्यापारी ठग्ने २९ वर्षीय घिमिरे पक्राउ
मोरङ। प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरे छन्। उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीउपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment