अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट सात जना पक्राउ

डिसी नेपाल
२६ असोज २०७९ १४:५५

काठमाडौँ। देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहति सात जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–३२ जडिबुटीबाट दुई केजी गाँजासहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने २५ वर्षीया मन्दिरा खड्की र सोही ठाउँ बस्ने काभ्रेपलान्चोक बनेपा घर भएकी २० वर्षीया दिपा मगर रहेका छन्। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी प्रक्राउ गरेको हो।

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट ३२० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष शाही र २२ वर्षीय पदम बुढा रहेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

पाल्पाको तानसेन नगरपालिका–३ भगवती टोल बस्ने १९ वर्षीय परिभेष श्रेष्ठलाई ९ सय ग्राम गाँजाको धूलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा बोरामा लुकाई राखेको गाँजा फेला पारी पक्राउ गरेको हो।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोलबाट नियन्त्रित लागूऔषध वनरेक्स एक सय एमएलको १ सय ५८ बोतलसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१ चौकीटोल बस्ने १९ वर्षीय निकेश पुडासैनी र सर्लाही बरहथवा नगरपालिका–१६ बस्ने २६ वर्षीय पप्पु कुमार कुशहवा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *