झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
२६ असोज २०७९ १६:४२
68
Shares

झापा । झापाको कन्काई नगरपालिका–३ कोटिहोम जंगलमा आज मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–४ बस्ने ५३ वर्षिय नागेन्द्र प्रसाद कोईराला रहेका छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

को २५ प ४६ ५१ नम्बरको मोटरसाईकल आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *