नेदरल्याण्ड्सले युक्रेनलाई १ करोड ५० लाख डलर बराबरको मिसाइल दिने

डिसी नेपाल
२७ असोज २०७९ १२:२७
8
Shares

काठमाडौं । नेदरल्याण्ड्सले युक्रेनको हवाई प्रतिरक्षा बलियो बनाउन सहयोग गर्ने घोषणा गरेको छ । नेदरल्याण्ड्सले युक्रेनलाई करिब १५ मिलियन डलर बराबरको मिसाइल पठाउनेछ। युक्रेनको हवाई प्रतिरक्षालाई बलियो बनाउन ब्रसेल्समा नाटोका रक्षामन्त्रीहरूको बैठकमा पनि यो कुरामा जोड दिइएको थियो।

सोमबार र मङ्गलबार रुसले युक्रेनको राजधानी किभलगायत धेरै सहरमा हवाई आक्रमण गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र जर्मनीबाट प्राप्त अग्रिम हवाई रक्षा प्रणालीका लागि कृतज्ञता व्यक्त गरेका छन्। योसँगै उनले युक्रेनलाई हवाई ढाल बनाउन पश्चिमासँग सहयोग मागेका छन् ।

अर्कोतर्फ रुसले युक्रेनको उर्जा र सैन्य अखडामा आक्रमण योजनाको एक हिस्साका रूपमा भएको स्वीकार गरेको छ । रुसले पनि पश्चिमा राष्ट्रले विश्वव्यापी ऊर्जा संकटलाई चर्काएको आरोप लगाएको छ । रुसमा भएको ऊर्जा मञ्चमा बोल्दै राष्ट्रपति पुटिनले अन्तर्राष्ट्रिय आतंकवादका कारण नोर्ड स्ट्रिममा ग्यास चुहावट भइरहेको बताए ।

अमेरिकाले महँगो दरमा बिच ग्यास उपलब्ध गराउन सस्तो ग्यासबाट युरोपेली मुलुकलाई निरुत्साहित गर्न यो प्रयास भइरहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *