साउदी अरबले हज र उमराहमा आउने महिलाका लागि ठूलो निर्णय गर्यो
काठमाडौं । साउदी अरबले हज र उमराहमा जाने महिलाका लागि ठूलो निर्णय गरेको छ । तीर्थयात्रामा जाने महिलाले अब कुनै पनि पुरुषलाई साथमा ल्याउनु नपर्ने भएको छ ।
इजिप्टको राजधानी कायरोस्थित साउदी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा साउदी अरेबियाका हज तथा उमराह मन्त्री तौफिक अल-राबियाले उक्त निर्णयको घोषणा गरेका हुन् ।
उनले हज र उमराहका लागि आउने महिलालाई अब कुनै महरम (रगतको नाता भएका पुरुष) बिना आउन दिइने बताए । यससँगै महिलाहरु हज र उमराहमा एक्लै आउन सक्छन् कि सक्दैनन् भन्ने बहसको अन्त्य भएको छ ।
गत वर्ष पनि महरम बिना आउन अनुमति दिइएको थियो, तर त्यसपछि महिला अन्य महिलासँग आउन सक्थे। तर, यो वर्ष आएको आदेशमा महिलाहरु एक्लै पनि तीर्थयात्रामा आउन सक्नेछन् ।
साउदी अरेबियाको अंग्रेजी अखबार साउदी गजेटका अनुसार अल-राबियाले मुस्लिम कुनै पनि प्रकारको भिसा लिएर उमराहका लागि साउदी अरब आउन सक्ने बताए। उमरा भिसाको लागि कुनै कोटा वा संख्या सीमा छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment