पछिल्लो चौबिस घण्टामा थपिए १७ सय ८७ जना डेंगुका बिरामी, दुई जनाको मृत्यु

डिसी नेपाल
२८ असोज २०७९ १७:१८
872
Shares

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ ।

हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.