मस्जिद नजिक कुरान जलाएपछि बबाल

डिसी नेपाल
२९ असोज २०७९ १०:१५
64
Shares

काठमाडौं । इस्लामिक देशहरूको सङ्गठन अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) ले वेस्ट बैंकको हेब्रोन सहरमा पवित्र कुरान जलाएको घटनाको कडा निन्दा गरेको छ ।

सोमबार, सहरको एक मस्जिद नजिक, इजरायली बस्तीमा बसोबास गर्ने मानिसहरूले मुस्लिमहरूको पवित्र पुस्तक कुरानको प्रतिहरू च्याते र जलाए।

इजिप्टको सबैभन्दा ठूलो धार्मिक संस्था अल अजहर अल शरीफले पनि यसका लागि अन्तर्राष्ट्रिय समुदायलाई दोष लगाएको छ । यसैबीच, इस्लामिक देशहरूको संगठन (आईआईसी) ले कुरान जलाउने बिरूद्ध कडा बयान जारी गरेको छ।

अल-अजहर अल-शरीफले भनेको छ “पवित्र कुरान जलाउनुले सियोनवाद, आतंकवाद र घृणित नस्लवादको बर्बरता देखाउँछ। यो अन्तर्राष्ट्रिय समुदायको अस्वीकार्य मौनतामा भइरहेको छ।”

ओआईसीले भन्यो, “ओआईसीको सचिवालयले इब्राहिमी मस्जिदमा कट्टरपन्थीहरूले पवित्र कुरानको प्रतिलिपिहरू च्यात्ने र जलाउने कार्यको कडा निन्दा गर्दछ।”

प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार हेब्रोन इन्डोमेन्टका निर्देशक निदल अल-जब्रीले इजरायली बस्तीमा बस्ने मानिसहरूले कुरानको धेरै प्रतिहरू जलाए र इब्राहिमी मस्जिद नजिकै फोहोरमा फाले ।

फोहोरमा कुरानको सातवटा प्रति च्यातिएको भेटिएको र एउटा जलेको उनले बताए । यसअघि बस्तीका बासिन्दाले इब्राहिमी मस्जिद र वरपरका घरमा आक्रमण गरेका थिए ।

जेरुसेलमका ग्रान्ड मुफ्ती र अल-अक्सा मस्जिदका धर्मगुरु शेख मोहम्मद हुसेनले पनि कुरान जलाउने विरोध गरेका छन्।

उनले यो जघन्य कार्यले इस्लामविरुद्ध जातीय व्यवहार झल्काउने कुरामा जोड दिए। यसले जनतामा घृणा र हिंसा बढाउँछ र तनाव बढाउँछ। उनले यस्ता आक्रमण रोक्न आग्रह गरे ।

प्यालेस्टाइनका न्यायाधीश महमूद अल-हब्बासले यो क्रूर कदम र इस्लामविरुद्धको लडाइ विश्वभरका दुई अर्ब मुस्लिमहरूको भावनामाथि निर्मम आक्रमण भएको र उनीहरूलाई अपमानित गर्ने बताए।

कुरान जलाउने घटनाको प्रतिक्रियामा, मानिसहरूलाई सोमबार हेब्रोनको केतुन मस्जिदमा प्रार्थना गर्न बोलाइयो। यसका लागि ट्वीटरमा सार्वजनिक निमन्त्रणा दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *