जनताका हक अधिकार र विकासलाई सम्बोधन गर्न संयुक्त गठबन्धन : कांग्रेस नेतृ यादव

डिसी नेपाल
३० असोज २०७९ १२:०२
36
Shares

सिरहा। पूर्व शिक्षा मन्त्री तथा नेपाली कांग्रेसका नेतृ चित्रलेखा यादवले गणतन्त्रको रक्षाको निम्ति संयुक्त गठबन्धन बनेको बताएकी छन्। सिरहा निर्वाचन क्षेत्र नम्वर २ मा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन्।

सिरहा क्षेत्र नं. २ का संयुक्त गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेद्वार समेत रहेकी यादब चुनावी अगुवा कार्यकर्ताको भेलामा जनताले प्राप्त गरेको उपलब्धीको रक्षा गर्दै जनताका हक अधिकार एवम् विकासलाई सम्बोधन गर्नका निम्ति संयुक्त गठबन्धनबाट उम्मेद्वारी दिएको बताइन्।

नेकपा माओवादी केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आफू कुनै एउटा पार्टीको उम्मेद्वार नभएको वताउँदै विजयी हासिल गरेपछि संयुक्त गठबन्धन लगायत सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

प्रदेश सभा ‘ख’ का उम्मेद्वार बनेका नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका मदनसेन श्रीवास्तवले आफूलाई जिताउन आग्रह गर्दै यसअघि प्रदेश सभा सदस्य बन्दाको बखत भएका गल्ति सच्याउँदै अगामी दिनमा सबैसँग हातेमालो गरी जाने बताए।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व धनगढीमाई नगर प्रमुख हरिनारायण चौधरीले गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने र नेता कार्यकर्ताहरुले पनि सोही अनुसार परिचालन हुन निर्देशन समेत दिए।

आयोजित कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले संयुक्त गठबन्धनको उम्मेद्वारलाई जिताउनको लागि सबैलाई अपिल गरेका थिए।

चार वटा निर्वाचन क्षेत्र रहेको सिरहामा प्रदेश र प्रतिनिधि सभा गरी १२ पदका लागि दुई सय जनाको उम्मेद्वारी परेको छ। सिरहामा संयुक्त गठबन्धन तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र अर्कातर्फ नेकपा एमाले तथा जसपाको संयुक्त उम्मेद्वारीसँगै जनमत पार्टी, राप्रपा लगायत स्वतन्त्रहरुको पनि उम्मेद्वारी परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.