निर्वाचन आचारसंहित उल्लंघन गर्दै मन्त्री चौधरीद्वारा राहात वितरण

डिसी नेपाल
३० असोज २०७९ १३:०६

दाङ। निर्वाचन आचारसंहित उल्लंघन गर्दै सहरी विकासमन्त्री मेटमणि चौधरीले राहात सामाग्री वितरण गरेका छन्। उनले शनिबार दाङको देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सामाग्री वितरण गरेका हुन्।

डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्‍याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीले बताए।

‘यो २०१८ साल पछिकै ठुलो बाढी हो । यसले निकै ठुलो क्षती पुर्याएको छ । थोरै भएपनि जनतालाई सहायोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुखमार्फत् एकद्वार प्रणालीबाट वितरण हुनेछ,’ मन्त्री चौधरीले भने।

दुःखमा परेका जनताले राज्य र स्थानीय सरकारको महसुस गर्नुपर्ने जनाउँदै सहरी मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.