परिजिता बास्तोलाले जितिन द भ्वाइस अफ अमेरिकाको ब्याटल्स राउण्ड

डिसी नेपाल
२ कार्तिक २०७९ ८:४३

काठमाडौं । १७ वर्षको उमेरमा पारिजिता बाँस्तोलाले आफ्नो मखमली स्वरले ‘द भ्वाइस’ को प्रशिक्षक मात्र नभएर शोका दर्शकको पनि मन जित्न सफल भइन् ।

ब्लाइण्ड अडिशनमा प्रतिष्ठित रूपमा चारवटै कुर्सी घुमाउन सफल परिजिताले टिम लिजेन्ड रोजेकी थिइन् । र, म‌ंगलबार ब्याटल्स राउण्डमा कोच जोन लिजेन्डले उनलाई ब्याटल्स राउन्डको विजेताको रुपमा चुने ।

‘द भ्वाइस’ सिजन २२ को ब्याटल्स राउन्डको लागि जोनले पारिजितालाई दिदीबहिनीको जोडी द मारिलिन्ड्स विरुद्ध प्रतिस्पर्धामा पठाएका थिए । बी जीको ‘हाउ डीप इज योर लभ’ लाई ब्याट्स गीतको रूपमा छनोट गरिएको थियो ।

यद्यपि मारिलिन्ड्स दिदीबहिनी पनि शोमा सुरक्षित छन् । जोनले मारिलिन्ड्स दिदीबहिनीलाई पनि आफ्नो विशेष अधिकार प्रयोग गरेर सुरक्षित गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *