जर्मनी विशेषज्ञ चिकित्सकको टोलीले गरे नर्भिक हस्पिटलको अवलोकन भ्रमण

डिसी नेपाल
२ कार्तिक २०७९ ११:१४
128
Shares

काठमाडौँ। जर्मनीका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको एक टोलीले मंगलबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेको छ। विदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेका हुन्।

जर्मनीका चिकित्सकहरुको टोलीलाई नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले खादा लगाएर स्वागत गरेका थिए। नर्भिकको व्यवस्थापन टोलीले जर्मनी चिकित्सकहरुलाई अस्पतालले प्रवाह गर्दै आएको आकस्मिकदेखि सघन उपचारसम्मका सेवाहरुको विषयमा स्थलगत अवलोकन गराई जानकारी दिएको थियो।

सो क्रममा नर्भिक अस्पतालको इमेरजेन्सी विभागका इञ्चार्ज ओमर प्रधानले अस्पतालले आकस्मिक हवाई उद्धार सेवा सञ्चालन गरिरहेको र काठमाडौँस्थित अन्तराष्ट्रिय विमानस्थलबाट निकै छोटो समयमै अस्पतालसम्म बिरामीलाई ल्याएर आकस्मिक सेवा दिने व्यवस्थापन मिलाइएको लगायतका विषयमा जानकारी दिएका थिए।

सो क्रममा नर्भिकका अधिकारीहरुले अस्पतालले अन्तराष्ट्रिय क्षेत्रका बिरामीहरुको उपचार सेवामा पुर्याउदै आएको योगदान, दिंदै आएको सेवा लगायतका विषयमा समेत टोलीलाई जानकारी गराएका थिए।

टोलीमा सहभागी जर्मन चिकित्सकहरुले नेपालमा समेत नर्भिक इन्टरनेशनल हस्पिटलजस्तो आधुनिक अस्पताल रहेकोमा खुशी व्यक्त गर्दै नामजस्तै अस्पतालले प्रवाह गर्ने सेवा पनि अन्तराष्ट्रिय स्तरकै रहेको पाइएको प्रतिक्रिया दिएका थिए। उनीहरुले नर्भिकले उपचार प्रक्रियामा प्रयोग गर्ने स्वास्थ्य उपकरणहरु समेत अन्तराष्ट्रिय स्तरकै रहेको पाइएको भन्दै प्रशंसा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *