डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि

डिसी नेपाल
३ कार्तिक २०७९ ६:२७
80
Shares

काठमाडौं। देशभर डेंगु सङ्क्रमण उत्कर्षमा पुगेको छ। सातै प्रदेशका ७७ वटै जिल्लामा सङ्क्रमण देखिएको छ। जसमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा पुष्टि भएको छ । बाग्मती प्रदेशमा ३२ हजार ४ सय ९४ जना सङ्क्रमित भएका छन्।

बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशमा ४ हजार ३ सय ९९ जनामा संक्रमण पुष्टि भएको इडीसीडी अन्तर्गत किट्जन्य शाखाले जनाएको छ। बाग्मती, लुम्बिनी प्रदेशपछि प्रदेश नम्बर एकमा १ हजार २ सय ८२ जनामा संक्रमण भेटिएको छ।

यस्तै, सुदूरपश्चिम १ हजार १ सय ४४, गण्डकी प्रदेशमा १ हजार ९१,मधेस प्रदेश ६ सय ८५ र कर्णाली ६ सय ४७ जनामा संक्रमण देखिएको छ। गएको १६ दिनको अवधिमा मात्र ११ हजार ५ सय ५७ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

यस्तै, गएको २४ घण्टामा १ हजार ७ सय भन्दा बढीमा डेंगु पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। साउन महिनायता ४१ हजार ७ सय ४३ जना सङ्क्रमित भइसकेका छन्। ४९ जनाको डेंगुको कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

एक लाखभन्दा धेरैलाई डेंगु सङ्क्रमण भएको जनस्वास्थ्यविद्हरूको अनुमान छ। डेंगुको लक्षण भएका विरामीहरु घरघरमा भए पनि अस्पतालमा नपुग्नेको दर धेरै रहेको जनस्वास्थ्यविद्हरूको भनाइ छ ।

डेंगुको प्रकोप अझै डेढ महिनासम्म रहने विज्ञहरुले जनाएको छ।डेंगु सङ्क्रमण उच्च भए पनि नियन्त्रणमा सरकारी प्रयास भने प्रभावकारी बन्न नसकेको विज्ञहरुको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.