निर्वाचनसम्बन्धी टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार

डिसी नेपाल
६ कार्तिक २०७९ ११:३७

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

आयोगले निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाजस्ता विषयमा आधारित टिकटक भिडियो बनाउन आह्वान गरेको छ। आयोगले उत्कृष्ट ५ भिडियोलाई जनही रु. ५० हजार पुरस्कार वितरण गर्नेछ।

टिकटक भिडियो २० सेकेन्डदेखि १ मिनेटसम्म हुनुपर्ने आयोगले जनाएको छ। भिडियो बनाएर आयोगको इमेल ठेगाना tiktik@ecn.gov.np मा कात्तिक ५ देखि १५ गतेभित्र आयोगमा पठाइसक्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *