सानिमा बैंकले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
६ कार्तिक २०७९ १२:१९

काठमाडौँ। सानिमा बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  बैंकको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६.४० रुपैयाँको १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख ३७ हजार ७३२.६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.९८ प्रतिशतले हुन आउने ११ करोड १० लाख ८ हजार २९७.८० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *