सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न एमालेको आग्रह
काठमाडौं। नेकपा (एमाले)ले सुकुम्बासी बस्तीहरू हटाउँदा नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार एवं मानवताको आधारभूत मूल्यको सम्मान गर्न आग्रह गरेको छ।
सामाजिक न्यायका सिद्धान्त तथा अन्तरराष्ट्रिय मानवअधिकारका आधारभूत मान्यताहरूको पालना गरेर गरिब, विपन्न तथा सुकुम्बासी समुदायमाथि सम्मानजनक व्यवहार गर्न सो पार्टीले आग्रह गरेको हो।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीद्वारा आज जारी विज्ञप्तिमा सुकुम्बासी समस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग गाँसिएको जटिल विषय भएकाले यसलाई न्यायोचित र दीर्घकालीन समाधानका लागि विगतमा राष्ट्रिय भूमि आयोगको गठन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन, नापजाँच र जग्गा वितरण प्रक्रिया अगाडि बढाइएको स्मरण गराइएको छ।
“जबर्जस्ती विस्थापन अन्तिम विकल्प हुन सक्दैन। प्रभावित व्यक्ति र परिवारसँग पूर्वपरामर्श, वैकल्पिक आवासको सुनिश्चितता, क्षतिपूर्ति, पुनर्वास तथा पुनस्र्थापना, बालबालिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका संवेदनशील समुदायको विशेष संरक्षण गर्नु सरकारको प्रमुख दायित्वभित्र पर्दछ,” विज्ञप्तिमा भनिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment