लाभांश पारित गर्न एनसीसी बैंकले बोलायो मंसिर २ गते साधारण सभा

डिसी नेपाल
६ कार्तिक २०७९ १२:३५

काठमाडौँ। एनसीसी बैंकको वार्षिक साधारणसभा मङ्सिर २ गते बोलाएको छ।  सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभामा बैंकले ३.३६ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाँभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले १५ कात्तिकमा बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, बैंकले १५ कात्तिकसम्म सेयर दर्ता किताबमा कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने जनाएको छ । तथापि, यसले कुमारी बैंकसँग मर्जर सम्झौता गरेको हुनाले ११ असोजदेखि बैंकको कारोबार रोक्का रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *