प्रधानमन्त्री देउवाले दिए बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित ऋषि सुनकलाई बधाई दिएका छन्।
प्रधानमन्त्री देउवाले मंगलबार ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल-बेलायत सम्बन्धलाई अगाडि बढाउन सँगै काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन्।
I extend warm congratulations to @RishiSunak on being chosen as the Leader of the Conservative Party and the next Prime Minister of the UK.Wish him all the best for this important responsibility.I look forward to working with him to advance the longstanding Nepal-UK relationship.
— Sher Bahadur Deuba (@SherBDeuba) October 25, 2022
बेलाइतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने भएका हुन्।
प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो।
गत बिहीबार उनले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा थिए। तर बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उनी बाहिरिएका थिए।
नयाँ प्रधानमन्त्री सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन्। उनी हिन्दु धर्मावलम्बी हुन्। अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र सुनकले इन्फोसिसको संस्थापक प्रख्यात अर्बपति व्यापारी नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका छन्।







डिसी नेपाल








Facebook Comment