कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

डिसी नेपाल
१५ कार्तिक २०७९ १८:२७
20
Shares

धनगढी । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना युवक पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका १० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ९५० मिलिग्रामसहित तीन जना पक्राउ परिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका ४ झलारीका २३ वर्षीय हरेन्द्र कुँवर, सोही नगरपालिका ११ कलुवापुरका १८ वर्षीय किशोर र धनगढी उपमहानगरपालिका २ मिलन चोकका २२ वर्षीय सुदीप धामी रहेका छन् ।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले सुपप्र ०१ ००९ प ९९५१ नम्बरको मोटरसाइकलमा जाँच गर्दा उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *