आजकाे माैसम : तीन वटा प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं। आज मुलुकका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव छ।
जसकारण दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ।
शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको हुनसक्ने ठानिएको छ। राति पहाडी भूभागमा आंशिक बदली रहने देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment