नेपालको चुनावमा प्रवासको मत

‘प्रवासमा रहेका नेपालीले परिवारका सदस्यहरुलाई राम्रा मान्छे जिताउन सल्लाह दिनुपर्छ’

डिसी नेपाल
१८ कार्तिक २०७९ १२:३९

काठमाडौं । आगामी मंसिर ४ को निर्वाचनलाई मध्यनजर गदै डिसी नेपालले नेपालको चुनावमा प्रवासको मत कार्यक्रम ल्याएको छ । दर्शकहरु माझ निकै रुचाइएका कार्यक्रम प्रस्तोता अर्जुन दाहाल (नुन चिनी पानी अमेरिकाका अभियन्ता) र कविन्द्र सिटौलाले संयुक्त रुपमा सञ्चालन गर्ने कार्यक्रम प्रत्येक दिन अमेरिकाको बिहान ८ बजे (न्युयोर्क समयमा) प्रशारण हुनेछ ।

शुक्रबार कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रवासमा रहेका नेपालीहरुले पनि राम्रा मान्छेलाई जिताउन प्रोत्साहन गर्नुपर्ने बताएका छन् । प्रवासमा रहेका लाखौँ नेपालीहरुले मतदान गर्न नपाएपनि आफ्ना परिवारका सदस्यहरुलाई राम्रा मान्छे जिताउने सल्लाह दिन आग्रह गरेका छन् ।

आगामी निर्वाचन देशको मुहार फेर्ने सुनौलो अवसर रहेको भन्दै उनले त्यस अवसरमा पार्टीका कार्यकर्ताहरु पनि नेताको पकेट बन्न नहुने तर्क गरेका छन् । प्रवासमा रहेका कार्यकर्ताहरुले पनि पहिला देश अनि पार्टीबारे सोच्नुपर्ने उनको भनाई थियो ।

स्थानिय तहमा काठमाडौं महानगरपालिकामा आएको मतपरिणामको उदाहरण दिँदै श्रेष्ठले प्रवासमा रहेका अधिकांश युवाहरुको सल्लाह सुझावले देशमा राम्रो मान्छे चुनिने अवसर आउने बताए । प्रवासमा रहेपनि पार्टीप्रति आस्था राख्नेले पनि पार्टीमा भएका राम्रा मान्छे जिताउनुपर्ने उनले बताए ।

यस्तै कार्यक्रममा वरिष्ठ गायक प्रेमराजा महतले नेपालमा जन्मेर जुनसुकै देशमा गएपनि हामी नेपालकै रुप भएकाले देश बनाउनमा प्रवासीको महत्वपूर्ण भुमिका हुने बताएका छन् । हालको चुनावमा विश्वभरीमा रहेका नेपालीहरुले राष्ट्रलाई चाहिने मान्छे चुन्न मद्दत गर्नुपर्ने उको भनाई थियो ।

एनआरएनए अमेरिकाकी महिला उपाध्यक्ष दिक्षा बस्नेतले प्रवासबाट आचारसंहितामा सुशुचित गराउने भुमिका पनि खेल्न सकिने बताएकी छन् । उनले चुनावमा महिलाको कम उमेरद्वारी परेको प्रसंगमा उमेरद्वारी कम भएपनि महिलाको सहभागिता उल्लेख्य हुनुपर्ने बताइन् । महिलाहरुले पनि राम्रो मान्छे चुन्न सहयोग गर्नुपर्ने उनको धारणा छ ।

शिष्टाचार अभियान नेपालका अध्यक्ष सुमन दाहालले अहिलेको राजनीतिमा शिष्टाचार नहुने तर्क दिए । उनले आगामी निवार्चबाट राजनीतिमा शिष्टाचार पनि सँगै लैजान प्रवासीहरुले भुमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा गोपी उप्रेती, शैलेश श्रेष्ठ, हेमराज भट्ट लगायत विशिष्ठ अतिथिहरुको पनि सहचागिता रहेको थियो । प्रत्येक दिन अमेरिकामा बिहान (नेपालमा साँझ) प्रशारण हुने कार्यक्रममा नेपालको चुनावमा प्रवासको चासो, भुमिका आदि विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *