फरार दुई अभियुक्त बागलुङ प्रहरीको फन्दामा

डिसी नेपाल
१९ कार्तिक २०७९ १८:१३
128
Shares

बागलुङ । विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका दुई प्रतिवादीलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फैसला भएर फरार भएका एक जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले १३ वर्षपछि र बैकिङ्ग कसुर मुदामा फैसला भएर फरार रहेका प्रतिवादीलाई ३ वर्षपछि शुक्रबार पक्राउ गरेको हो ।

बागलुङ जिल्लाको साविक बोवाङ गाविस ९ का ५५ वर्षीय पिमबहादुर विक र बानपा १३ का ५२ वर्षीय विष्णु गिरीलाई निजहरूको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

विकलाई सर्वोच्च अदालत काठमाडौंले २०६८ साल वैशाख २१ गते १२ वर्ष ६ महिना कैदको फैसला गरेको थियो ।

२०६६ मंसिर ३० गते साविक बोबाङ ९ का मन प्रसाद विकलाई कुटपिट गरी चोटपिरको कारण पौष ३ गते उपचारका क्रममा ढोरपाटनतर्फ लैजाँदै गर्दा बाटैमा नै मृत्यु भएपछि कुटपिटमा संलग्न रहेको भन्दै जिल्ला अदालत बागलुङले बोवाङ ९ का लाल बहादुर विक, घम बहादुर विक र पिम बहादुर विकलाई जन्म कैदको सजाय सुनाएको थियो ।

उनीहरूलाई पुनरावेदन अदालत बागलुङ र सर्वोच्च अदालत काठमाडौंले २०६८ वैशाख १४ गते जिल्लाको फैसलालाई नै निरन्तरता दिँदै विकलाई १२ वर्ष ६ महिना कैद तोकेको थियो। विक सोकी समयदेखि नै फरार रहेको भन्दै प्रहरीको फरार सूचीमा थिए ।

पक्राउ परेका विकलाई कैद भुक्तान गर्न जिल्ला अदालत बागलुङमा पठाइएको प्रकाउ थापाले बताए । यस्तै बागलुङ नगरपालिका १३ पैयुँपाटा बस्ने ५२ वर्षीय विष्णु गिरीलाई उनकै घरबाट पक्राउ गरिएको छ ।

उनीविरुद्ध चेक बाउन्स भएको बैकिङ्ग कसुर मुद्दामा जिल्ला अदालत पाटन संयुक्त बाणिय इजलासको २०७६ कात्तिक १ गतेको फैसलाले २० दिन कैद र ७ लाख ९६ हजार रुपैयाँ जरिवानाको फैसला थियो ।

गिरीलाई लगत कट्टाको लागि बागलुङ जिल्ला अदालतमा पठाइएको प्रनाउ थापाले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *