नक्कली फेसबुक अकाउन्ट बनाइ महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ

डिसी नेपाल
२० कार्तिक २०७९ १८:१०
104
Shares

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा नक्कली अकाउन्ट बनाएर दुःख दिने सप्तरीका सुमित कुमार थापालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ ।

उनले फेसबुकमा समिरा शर्मा नामको नक्कली आईडि बनाएर उक्त आईडीको वाल र टाइमलाइनमा पीडितको तस्विरको साथमा अन्य अपरिचित महिलाको अश्लिल तस्बिर राखि पोष्ट गरेर पीडित जाहेरवालाको बारेमा अनर्गल र अश्लिल शब्दहरू स्टाट्स लेखि पोष्ट गर्ने गरेका थिए ।

यसका साथै उक्त फेक आईडिको म्यासेन्जरबाट पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुक अकाउन्टको म्यासेन्जरमा समेत पीडितको बारेमा विभिन्न अश्लिल म्यासेजहरू गरी पीडितको बदनाम, बेईज्जत गरी अनावश्यक मानसिक तनाव, दुःख हैरानी दिई, चरित्र हत्या हुने कार्य गर्ने गरेको व्यूरोले जनाएको छ ।

व्यूरोका अनुसार सप्तरीको सुरुङ्गा न.पा. वडा नं. १ का १९ वर्षिय सुमित कुमार थापालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा कात्तिक १८ गते इलाका प्रहरी कार्यालय भेडिया सारीको सहयोगमा पक्राउ गरिएको हो ।

ब्यूरोले काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनिमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *