आजको माैसम : तीन प्रदेशमा हल्का वर्षाकाे संभावना
काठमाडौं। मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment