आजको मौसम : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना

डिसी नेपाल
२४ कार्तिक २०७९ ६:३३
40
Shares

काठमाडौं। मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

राति हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। शुक्रबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमाली भूभागका थोरै स्थानमा हिमपातको आकलन गरिएको छ।

महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन भनेको छ । तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न पनि भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *