चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

डिसी नेपाल
२४ कार्तिक २०७९ १२:०५
120
Shares

बागलुङ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागी कारबाही हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ।

आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ । जिल्लाभर रहेको दुई सय ३१ मतदान केन्द्रमा एक हजार आठ सय ५७ कर्मचारी र नौ सय ३० स्वयंसेवक खटिने भएका छन्।

सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता रहेका छन्। १ नं क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नं क्षेत्रमा ९५ हजार पाँच सय ६१ मतदाता छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *