करुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या

डिसी नेपाल
२४ कार्तिक २०७९ १३:५४
428
Shares

झापा। पानी खाने करुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडले आफ्नै श्रीमती २६ वर्षीया सपना गोरडको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस्ने रघुनाथले सामान्य विवाद हुँदा पानी खानो करुवाले टाउकोमा प्रहार गर्दा सपनाको मृत्यु भएको थियो।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुधबारे र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *