ठमेलको नाइटक्लबमा अचानक देखा परे ओली(तस्वीरहरु हेर्नुहोस् )

डिसी नेपाल
२६ कार्तिक २०७९ ३:३५

काठमाडौ । नेकपा  एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गएराति अचानक काठमाडौंको नाइटक्लबमा पुगेका छन्। केही सहयोगीहरुसहित पुगेका ओलीले एलओडी नामक नाइटक्लबमा केही समय विताएका थिए। निर्वाचनको मुखमा ओलीको यो एउटा अर्को अनौठो शैली देखिएको हो।

काठमाडौंको ठमेलस्थित सो क्लबको मञ्चमा रातो ज्याकेटमा उनी एक्कासि देखापर्दा क्लबमा भेला भएकाहरु छक्क परेका थिए।

शुक्रबारको राति भएकाले नाइटक्लबमा युवायुवतीहरुको निकै भिडभाड पनि थियो। ओली सो क्लबमा बोल्दै गरेको र हात हल्लाएर उपस्थितहरुलाई अभिवादन गर्दै गरेको तस्वीरहरु आफ्नो पेजबाट सार्वजानिक पनि गरेका छन्।

बालकोट नामक ओलीको फेसवुकमा सार्वजानिक तस्वीरहरुमा ओली क्लबको मञ्चमा पुग्दा केहीले राष्ट्रिय झण्डा पनि देखाएका छन् ।

हेर्नुहोस् ओलीको पेजमा सार्वजानिक तस्वीरहरु :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *