पहिलेभन्दा फराकिलो मतान्तरले जित्छु: विष्णु पौडेल

डिसी नेपाल
२६ कार्तिक २०७९ १४:०४

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने दाबी गरेका छन् ।

रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार पौडेलले शनिबार घरदैलो गर्नेे क्रममा पत्रकारहरुसगँ बोल्दै पहिलेको भन्दा फराकिलो मतान्तरले जीत हासिल गर्ने दाबी गरेका हुन् । उपाध्यक्ष पौडेलले घरदैलो गर्ने क्रममा जनताले आफुहरुलाई देखाएको उत्साहपूर्ण सहभागिता,माया र आर्शिवादले पनि आफुले जित्ने कुरामा दुइमत नभएको बताऐ ।

उनले विगतका निर्वाचनको तुलनामा भन्दा यस पटकको निर्वाचनमा जनताले देखाएको समर्थनले आफु उत्साहित बनेको प्रतिक्रिया दिए । पौडेलले रुपन्देहीलाई विकासको हिसाबले देशकै नमुना जिल्ला बनाउन आफु लाग्ने बताए ।

उपाध्यक्ष पौडेलले रुपन्देहीलाई हरेक दृष्टिकोणले सम्पन्न गर्ने कुरामा आफु लागी पर्ने बताउदै सबै मतदाताहरुलाई एमालेलाई जिताउन आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *