गठबन्धनप्रति ओलीको कटाक्ष- फुटेका हाँडीका टुक्रा जोडर मुलुक बन्न सक्दैन

डिसी नेपाल
२६ कार्तिक २०७९ १५:१०

दिपायल । नेकपा एमालेका अध्यक्ष ओली केपी ओलीले देशको बिकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन् ।

शनिबार डोटीको दिपायलमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले देश फुटेका हाँडीका टुक्रा जोडर मुलुक बन्न नसक्ने भन्दै देशको बिकासका र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका हुन् ।

उनले गठबन्धन दलहरुले जनताको आखामा छारो हाल्न रंगीबिरंगी घोषणापत्र छापेको बताए । ओलीले समृद्ध नेपाल र सुखी नेपाली गठबन्धनको उद्धेश्य नै नभएको र देश बनाउने भिजन एमालेसँग मात्रै रहेको दावी गरे । उनले बिनापूवाग्रह राष्ट्र निर्माणको अभियानमा जुट्नुपर्ने र सहि नेतृत्व चयन गर्नुपर्ने उल्लेख गरे ।

एमाले अध्यक्ष ओलीले देशभर नेकपा एमालेको बहुमतको सरकार गठन गर्ने गरि जनता तयार रहेको भन्दै एमालेको बिरोधमा जनतालाई भ्रम छर्न खोज्ने प्रयत्नलाई असफल बनाईने धारणा राखे ।

उनले सुरक्षाकर्मी तथा निर्वाचनमा खटिएकाहरुले संविधान र कानून बमोजिम निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लािग निर्वाचन आयोगलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *