संविधानको रक्षा, शान्ति, सुशासन र विकासका लागि मेरो उम्मेदवारी : राजु खनाल (अन्तर्वार्ता)

डिसी नेपाल
२६ कार्तिक २०७९ १८:५७

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा  दाङ जिल्ला  क्षेत्र नं २(क)मा गठबन्धनको तर्फबाट संविधानसभा सदस्य राजु खनालले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका यूवानेता एवं निर्वाचन क्षेत्र नं २(क)का उम्मेदवार  खनालसंग निर्वाचनको विषयवस्तुमा केन्द्रीत रहेर गरीएको कुराकानीको सम्पादित अंशः

तपाईको उम्मेद्वारी किन ?

संविधानको रक्षाका लागि शान्ति, सुशासन र विकासका लागि मेरो उम्मेद्वारी रहेको छ । दाङ जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) को समग्र विकासको लागि गठबन्धनको तर्फबाट मैले उम्मेद्वारी दिएको छु । यस क्षेत्रका जनताको चाहना वमोजिम विकास निर्माणलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिवद्धता मतदाता समक्ष जाहेर गर्दछु ।

 तपाईलाई नै यहाँका जनताले किन विजयी गराउने ?

यस क्षेत्रको समग्र विकसको लागि मैले गरेका संकल्पहरु पुरा गर्नको लागि यहाँका जनताले मलाई मतदान गर्नुपर्दछ । म सानो उमेरदेखि यही क्षेत्रमा जनताको सुख दुखमा साथ दिंदै आएको छु र यस क्षेत्रको विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छु । ती कुरा पुरा गर्नको लागि यस क्षेत्रमा मतदाताहरुले आफ्नो अमूल्य मत दिई मलाई विजयी गराउनु हुनेछ भन्नेमा विश्वस्त छु ।

तपाईका चुनावी एजेण्डाहरु के के हुन ?

घोराहीदेखि प्यूठान जोड्ने सडकको स्तर उन्नती गर्दै कालोपत्रे गर्न पहल गर्नेछु । यस निर्वाचन क्षेत्र भित्र रहेका खोला, नाला, नदी सबैमा पुल, कल्भर्ट बनाउने छु । वृहत खानेपानी योजना, वृहत सिचाईको लागि पहल कद्मी गर्ने छु । वंगलाचुली गाउँपालिका पहाडी क्षेत्र भएकाले त्यस क्षेत्रमा उत्पादन हुने फलफूल र जडिबुटी खेतीको लागि कृषकलाई उत्साहीत बनाउँदै राहतका कार्यक्रम ल्याउनेछु । जनतालाई चाहिने शिक्षा, स्वास्थ्य, सडक, यातायात, सञ्चारको पहुँच यस क्षेत्रका प्रत्येक गाउँवस्तीमा पु¥याउने छु । यस क्षेत्रभित्र रहेको ऐतीहासिक, धार्मिक सम्पदाको संरक्षण गर्न पहल गर्नेछु ।

 यस पटकको निर्वाचनमा जनताहरु खासै उत्साहित छैनन् यसमा उम्मेद्वारको दोष हो या पार्टीहरुको ?

दङ्गाली जनता, अझ त्यसमा पनि दाङ जिल्ला क्षेत्र नं. २ क का सम्पूर्ण आमावुवा, दाजुभाई, दिदीबहिनी सबै सचेत भई सक्नु भएको छ । पहिलेको चुनावको जस्तो तडकभडक केही देखिदैन । सचेत मतदाताले बिना तडकभडक यही मंसिर ०४ गतेको निर्वाचनमा मतदान सौहार्दपूर्ण वातावरणमा गर्नुहुने छ, यस क्षेत्रका जुनसुकै आस्था, विचार बोकेका व्यक्ति भए पनि अत्यधिक बहुमतका साथ मलाई विजयी गराउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

अब अन्त्यमा केही भन्नु छ ?

यस क्षेत्रका सम्पूर्ण मतदाताहरुलाई आउँदै गरेको निर्वाचनमा मलाई आफ्नो अमूल्य मत दिई विजयी गराउन अनुरोध गर्दछु । मंसिर ०४ कोृ निर्वाचनमा यहाँहरूको अमूल्य मत गठबन्धनका उम्मेद्वारहरूलाई प्राप्त हुनेछ भन्नेमा हामीहरू विश्वस्त छौं ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *