सुकुम्वासीको समस्या समाधान गर्छौँः पूर्वरक्षामन्त्री प्रधान

डिसी नेपाल
२७ कार्तिक २०७९ २१:२७

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुकुम्वासीको हक, हितका लागि आफ्नो पार्टीले सक्रियापूर्वक आवाज उठाउने बताएका छन् । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका नेता प्रधानले आज काठमाडौँ महानगरपालिका–२६ सङ्गम टोलमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै सुकुम्वासीको समस्या कांग्रेसले समाधान गर्ने बताए ।

“केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर सुकुम्वासीका समस्या समाधान गर्छौँ”, उनले भने । संविधान निर्माणका लागि गठबन्धन निर्माण भएको उनको भनाइ थियो । गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१)का उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गीले सुकुम्वासी आयोगमार्फत काठमाडौँभित्रको सुकुम्वासीको समस्या गरिने बताए । उनले हरेक क्षेत्रमा महिला सहभागिता बढाउन सकेमात्र देशको विकास हुने उल्लेख गरे । “समाज र राष्ट्रको विकासका लागि मैले राजनीति गरेको हो, नमूना क्षेत्र निर्माणका लागि मेरो उम्मेदवारी हो”, उनले भने ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गीले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनलाई विजय गराउनुपर्ने धारणा राखे। कार्यक्रममा समाजसेवी कृष्ण लामा, प्रकाश लामा, सुवासचन्द्र दाहाल, वरिष्ठ पत्रकार कृष्ण केसीलगायतले स्थानीय क्षेत्रको समस्या समाधान गर्नेगरी काम गर्न गठबन्धनका उम्मेदवारलाई आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *