कमल थापाले भारतले लगाएको नाकाबन्दी सम्झदै गरे ओलीको प्रशंसा

डिसी नेपाल
२८ कार्तिक २०७९ ८:५१

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा आज भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै उनले गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देश हितमा हुने दाबी समेत गरेका छन्।

‘कसैलाई तितो लाग्ला तर, भारतले नाकावन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरु भन्दा त्यसको विरुद्ध डटेर लडने, विदेशीले कव्जागरेको लिम्पियाधुरा विर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठवन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले ट्वीटरमा लेखेका छन्।

राप्रपा नेपालका अध्यक्ष थापा मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह लिई निर्वाचनको मैदानमा उत्रेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *