निर्वाचन प्रचारमा राष्ट्रिय कलाकार

डिसी नेपाल
२८ कार्तिक २०७९ १०:५७

चितवन। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा राष्ट्रिय कलाकारहरु खटिएका छन्। सत्तारुढ गठबन्धन उम्मेदवारलाई मत माग्दै नेपाल सांस्कृतिक संघको टोली देशव्यापी रुपमा चुनावी प्रचारमा छ।

टोलीमा नेपाल सांस्कृतिक संघ सभापति तीर्थ थापा, महामन्त्री शिव शंकर रिजाल ‘जोगिन्दर’, सह-महामन्त्री चेतबहादुर सिंह ‘राजा’ , चर्चित कलाकार कविता गेलाल, गायक मदन थापा, गायिका जालुमाया गुरुङ र भेषराज पौडेल रहेका छन्।

चुनावी सांस्कृतिक अभियानअन्तर्गत नवलपरासीबाट प्रचारप्रसारको अभियान सुरु गरेको यस टोलीले नेपालका पश्चिम भेगका थुप्रै जिल्लामा सहभागी भई अहिले पूर्वतर्फ लागेको छ।

पूर्वको झापामा पुगेर कार्यक्रम समापन गरिने नेपाल सांस्कृतिक संघ सभापति तीर्थ थापाले बताए। चुनावी प्रचारकै क्रममा टोलीले चितवनमा पनि आफ्नो प्रस्तुति देखाएको थियो। गठबन्धनले चितवनमा आयोजना गरेको आमसभाको क्रममा कलाकारहरुले विशेष प्रस्तुति गरेका थिए।

गठबन्धनको आवश्यकताका विषयमा गीत, नृत्य, प्रशासन, कला र प्रस्तुतिबाट आमनागरिकलाई जानकारी गराउन सक्ने भएकाले यो अभियानलाई निरन्तरता दिइएको महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दरले बताए।

संविधानको रक्षा र देशको विकासका लागि अहिले गठबन्धनको अति आवश्यक रहेको बताउदै उनले हरेक क्षेत्रको विकासका लागि अहिले गठबन्धन विना सम्भव नभएकोले गठबन्धनका उम्मेदवारलाई विजय गराउन देशव्यापी अभियानमा लागेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *