रवीन्द्र मिश्रले गरे पशुपतिनाथमा रूद्राभिषेक पूजा

डिसी नेपाल
२८ कार्तिक २०७९ १३:४४

काठमडौं। काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज विहान पशुपतिनाथ मन्दिरमा रूद्राभिषेक पूजा गरेका छन्।

धर्मपत्निसहित गएका मिश्रले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रूद्राभिषेक पूजा गरेका हुन्।

रूद्राभिषेक पूजा भगवान पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिने पूजा हो। रूद्राभिषेक पूजामा भगवान शिवको विभिन्न रूप मध्येको एक शिवलिङ्गको पूजा अर्चना गरेर अभिषेक गरिन्छ।

पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको बताए। मिश्रले पछिल्लो समयमा संवैधानिक राजसंस्था, संघीयता खारेजी तथा हिन्दू–वौद्ध राष्ट्रको एजेण्डालाई उठाईरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *