गठबन्धनले चूनाव जिते ६ महिना सरकार टिक्दैनः केपी ओली

डिसी नेपाल
२८ कार्तिक २०७९ १६:२८

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चूनाव जिते ६ महिना सरकार बन्न नसक्ने दावी गरेका छन् ।

सोमबार सोमबार चितवनमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले स्वार्थका लागि मात्रै गठबन्धन बनेको भन्दै गठबन्धनले चूनाव जिते ६ महिना सरकार बन्न नसक्ने दावी गरेका हुन् । अध्यक्ष ओलीले गठबन्धनले जिते फेरि राजनीतिक अस्थिरता हुने भन्दै राष्ट्रियता, बिकास र स्थीरताका लागि एमालेको जीत आवश्यक रहेको धारणा राखे।

त्यस्तै उहाले गठबन्धन देशका लागि अभिसाप भएकोले आगामी निर्वाचनबाट फाल्ने बताए । ओलीले वर्तमान गठबन्धनको सरकारले मुलुकको आर्थिक व्यवस्थालाई तहसनहस पारेको जिकिर गरे ।

उनले बिगतमा गरेका काम र वर्तमानका साथै भविष्यको योजना घोषणापत्रमा स्पष्ट राखेको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *