रवि लामिछाने प्रष्ट भनिदेऊ ‘तिम्रो नागरिकता विवाद के हो ?’

डिसी नेपाल
१ मंसिर २०७९ ८:५९

काठमाडौं। अत्यन्त छोटो समयमै नेपालको राजनीतिमा चर्चित बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने कानूनी हैसियतले नेपालका नागरिक हुन कि होइनन्? भन्ने गम्भीर प्रश्न अचानक उठेको छ।

भोट हाल्ने दिन आउनुभन्दा ६ दिनअघिमात्र उनको नागरिकताको बैधानिकताबारे विवाद निकाल्दै निर्वाचन आयोगको चितवन कार्यालयमा उजुरी हालिएपछि अनेक कोणबाट यो प्रकरण चर्चामा आएको छ।

यो विषय प्रचारमा आएपछि हिजो रबि लामिछाने फेसबुक लाइभमा आएका थिए र यसबारे मैंले चारबर्षअघि नै प्रष्ट पारिसकेको भने। फिजिकल प्रहारसंगै डिजिटल प्रहार भइरहेको भन्दै आफ्ना मतदाताहरुलाई विचलित नहुन आह्वान पनि गरे।

तर, उनले उनको नागरिकता कहिले लिएको हो? भन्ने जानकारी चाहिँ दिएनन् बरु यसलाई तर्काएर आफ्नो जनताको सेवा गर्ने चाहनामा तगारो हाल्ने, षड्यन्त्र गर्नेहरुतिर आफू फर्केर नहेर्ने बरु निरन्तर जनताको काममा लाग्ने भन्दै राजनीतिक भाषणमा समय व्यतित गरे।

प्रश्न कानूनी थियो उनले यसको जवाफ यो यो प्रक्रिया पूरा गरें मैंले र यसरी यसरी नेपालको नागरिकता लिएँ भन्न सक्नु पथ्र्यो। झण्डै चारबर्ष अघि प्रेस काउन्सिलले उनको नेपाल बसाइ र काम गराइको बारे गम्भीर प्रश्न उठाउँदा उनले लाइन वाई लाइन प्रष्ट जवाफ दिएका थिए।

त्यसबेलाको भिडियो सुन्नेहरु उनको कुराबाट कन्भिन्स भएका थिए कि उनले अमेरिकाको पासपोर्ट दूतावासमै पुगेर पैसा तिरेर फर्काएका हुन्। अव उनी नेपाली हुन चाहन्छन् र नेपालमै बसेर काम गर्न चाहन्छन्।

उनले के कारणले अमेरिका छोडे ? अमेरिकामा उनका क्रियाकलापहरु के के थिए? के व्यक्तिगत र पारिवारिक जीवनमा धेरै लफडाहरु आफ्नै कारणले व्यहोरेपछि उनले अमेरिका त्याग्ने निर्णय लिएका थिए ? यी प्रश्नहरुमा खासै जनताले उत्तर नै खोजेनन्।

अमेरिकाजस्तो देश त्यागेर नेपाल आएर बसेर कसैले केही काम गर्छु र जनताको सेवा गर्छु भन्छ भने किन नदिने त भन्ने सहानुभूति पनि त्यो बेला रबिले पाएकै हुन्।

उनले के कारणले अमेरिका छोडे ? अमेरिकामा उनका क्रियाकलापहरु के के थिए? के व्यक्तिगत र पारिवारिक जीवनमा धेरै लफडाहरु आफ्नै कारणले व्यहोरेपछि उनले अमेरिका त्याग्ने निर्णय लिएका थिए ?

यी प्रश्नहरुमा खासै जनताले उत्तर नै खोजेनन् किनकि उनले कार्यक्रम प्रस्तोताका रुपमा जनताका आवाजहरु बोलिदिएका थिए। खाडीमा अलपत्र परेका र राज्यले मौनता सांधेकाले जीवन मरणको दोसांधमा पुगेका बैदेसिक रोजगारीमा गएका मजदुरहरुका पक्षमा सशक्त आवाज उठाएका थिए। तर, अहिले परिस्थिति भिन्न छ।

उनी मुलुकको कानुन बनाउने ठाउं प्रतिनिधिसभामा चितवनको क्षेत्र नं २ बाट उम्मेद्वार बनेका छन् र उनका पक्षमा जनताको लहर पनि देखिएको छ। उनले यहाँबाट चुनाव जितेको खण्डमा प्रतिनिधिसभाको सदस्य भई उनले गर्ने काम भनेको जनतका पक्षमा अधिक भन्दा अधिक कानुनहरु बनाउने हो।

र, यसबाट बचेको समय जनताका दैनिक समस्याहरुबारे संसदमा आवाज उठाउने र सरकारको ध्यानाकर्षण गराउने हो । कानून बनाउनेस्थलमा पुग्न प्रतिष्पर्धामा होमिएको मान्छेलाई कानूनको पालना गर्नुपर्छ भन्ने कुरा सिकाइरहनुपर्ने विषय होइन । कांग्रेस वा एमाले वा माओवादीले त कानूना गरेका छैनन् रबिले किन गर्ने भन्ने प्रश्न गर्ने हो भने ती अरुभन्दा रबि के अर्थमा भिन्न होलान् त?

उनी चितवन २ का जनताको नजरमा अहिलेसम्म हाइहाइ नै छन् तर अव उनका अगाडि चुनौति आएको छ कानूनको पालनाको। उनले अमेरिकाको नागरिकता त्यागिसकेपछि नेपालको कानूनअनुसार नेपाली नागरिकता लिएका छन् कि छैनन् ? यसको प्रष्ट जवाफ दिनु जरुरी छ।

कानुनी शासनका पक्षधर हुन् भने हिजो फेसबुक लाइभमा आएर विषयलाई तर्काएको उनलाई कत्ति सुहाएको छैन। विगतमा प्रश्न उठ्दा उनले जसरी डटेर प्रष्ट ढंगले बोलेका थिए अहिले पनि त्यसरी नै बोल्नु जरुरी छ।

मैले ४ बर्ष अघि नै भनिसकेको कुरा कति प्रष्ट पारुँ भनेर उनले जिब्रो चपाएर बोलेका छन्। उनीमाथिको प्रश्न अमेरिकी नगारिकता त्यागिसकेपछि नेपालको कानूनअनुसार रीत पुर्याएर नागरिकता लिएका हुन् कि होइनन् ? भन्ने हो।

उनीबाट यसको स्पष्ट जवाफ आउनुपर्छ अनिमात्र उनका सच्चा पक्षधरहरु ढुक्क हुन सक्छन्। अदालतमा मुद्धा चलेका बेला नागरिकतबारे पनि प्रष्ट भइसकेको भनेका छन् तर तथ्यहरुले उनको यो तर्कलाई सही देखाउँदैनन्। अदालतको मुद्दा र नागरिकताका बीचको सम्बन्ध देखिएको छैन त्यो त सहकर्मीको आत्महत्यामा लामिछानेले दुरुत्साहन गरेको केस थियो ।

उनको पेजमा नेपाली पासपोर्ट र बोर्डिंग कार्ड भएको फोटो सार्वजानिक भएको छ। यसले झन् कन्फ्युजन बढाएको छ उनले नागरिकतबारे प्रष्ट नबोलिदिँदा । खाडी मुलुकमा काम गर्न जाने आम नेपालीका लागि पासपोर्ट बनाउन निकै हम्मे पर्दछ।

पासपोर्टका लागि निवेदन दिएपछि सम्बन्धित जिल्ला प्रशासनका कार्यलयले निवेदकको नागरिकता सही हो कि होइन प्रमाणिकरण गरेर पठाउनु पर्ने हुन्छ। अव यो पासपोर्ट लिने बेलामा रबिको नागरिकता प्रमाणिकरण गरियो कि गरिएन ?

उनको सेलिब्रेटी रुपकै आधारमा बिना प्रमाणिकरण पासपोर्ट दिइएको हो भने आम नेपालीलाई एउटा नियम रबिका लागि अर्को नियम गर्ने कर्मचारी माथि पनि छानविन हुनुपर्छ । यी सबै प्रश्नहरु रबिले प्रष्ट नबोलिदिएकाले आएका हुन्। यो प्रश्न कानूनी हो त्यसैले रबिले प्रष्ट बोलिदिनु जरुरी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *